खेलकुद

बक्सिङमा सनील शाहीले जिते स्वर्ण, नेपालको स्वर्ण संख्या ५० पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन आज बक्सिङमा नेपालका सनील शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आज(मंगलबार) भएको पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडी भिरेन्द्रर सिंहलाई हराउँदै सनीलले स्वर्ण जितेका हुन् ।

यससँगै जारी सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।