पु.समाचार

बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ के गर्दै छन् ?

एजेन्सी  । बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’ भनेर चिनिने अभिनेता अमिर खान आफ्ना नयाँ चलचित्रका लागि निरन्तर चर्चामा रहन्छन् । उनले खेल्ने हरेक चलचित्रको उनको भिन्न अवतार त् हुन्छ नै, कथा, विषयवस्तु र उनको अभिनय जादुले उनको हरेक नयाँ फिल्मले उनकै पछिल्लो फिल्मको रेकर्ड ब्रेकर गर्दै लगातार हिट दिईरहँदा उनी मिस्टर पर्फेक्सनिस्ट’ बनिरहेका छन् ।

यसैबीच उनी  चाँडै नै चलचित्र ‘लाल सिंह चड्ढा’ लिएर दर्शकसामू आउँदैछन् ।  ‘लाल सिंह चड्ढा’ को ट्रेलर आउन अझै केही समय बाँकी छ ।  केही दिन अगाडि फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरिएको थियो । यतिखेर दर्शक उनको नयाँ फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

आमिरको नयाँ लुक सोसल मिडियामा बाहिरिएको छ । यो निर्माण टिमले आधिकारिक रूपमा सार्वजनिक गरेको भने होइन । केही फ्यानले छायांकनको क्रममा खिचेको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेका हुन् । तस्विरमा आमिरलाई लामो कपाल र दाह्रीमा देख्न सकिन्छ ।

आमिर यो फिल्ममा एक ५४ वर्षिय व्यक्तिको भूमिकामा देखिँदैछन् । उनको भाइरल भएको नयाँ लुक फिल्मको पोस्टरमा देखिएको लुकभन्दा अलग छ । पोस्टरमा उनी एक सरदारको रुपमा देखिएका थिए ।

lal singh chaddhaको लागि तस्बिर परिणाम

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।  चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् । उनले आफ्नो बर्थडेको दिन हलिवुड अभिनेता टम ह्यांक्स  अभिनित फरेस्ट  गेम्सको रिमेक हुने बताएका थिए ।