खेलकुद

पुरुष बास्केटबलमा नेपाललाई कास्य

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा बङ्गलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो ।

पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलङ्का भिड्नेछन् । यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ ।