खेलकुद

सिलवालले खेलकुदको पैसाले मन्त्रीलाई दौरासुरुवाल बाँडेको काण्ड नसेलाउदै दर्शकलाई लगाए लाठ्ठी

काठमाडौं । राष्ट्रिय खेलकुदले व्यवस्थापन फितलो गरेपछि आज हुने भनिएको साग खेलको फाईनलमा प्रहरीद्वारा सर्बसाधारण र पत्रकारहरु कुटिएका छन् ।

नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाई प्रहरीको कुटाई खानबाट बच्न सकेनन् भने अन्य सर्बसाधारणहरुपनि कुटपीटबाट पीडित भएका छन् । खेलकुद परिषदले मन्त्रीहरुलाई सागको रकमबाट दौरासुरुवाल किनिदिएको काण्डबाट आलोचित भएकासदस्य सचिव सिलवाल आज फाईनल खेलको व्यवस्थापन गर्न नसक्दा पनि थप आलोचित भएका छन् ।

नागरिक दैनिकले प्रहरीका डीएसपी सन्तोषसिां राठौरको टोलीले आफ्ना पत्रकारप्रतिनिधि लगायतले कुटाई खाएको बताएको छ । दुई हजार र एकहजार तिरेर फाईनल गेम हेर्न गएका सर्बसाधरण तथा भिआईपीहरु झडप हुनेआशंकामा तनावमा देखिएका छन् । काठमाण्डौ प्रहरीले भने झडप हुने सम्भावना देखिपछि सामान्य बिबाद भएको दाबी गरेको छ ।