राजनीति

तरुण दलसंग दुश्मनी गर्ने डीएसपी शाही सरुवा, जिम्मेवारी घट्यो

नेपालगंज । नेपाल तरुण दलका स्थानीय नेताहरुलाई अनावश्यक रुपमा पक्राउ गरेको आरोप लागेका कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय तानिएका छन् । कक्षा ७ मा अध्ययनरत १३ बर्षीया प्रकृति चन्दलाई स्कुल छाडेर उनका बाबुले हिँड्न लाग्दैगर्दा ट्रकले ठक्कर दिई घाईतेबनाएपछि आक्रोशित बिद्यार्थीहरुलाई नियन्त्रण गर्दा संयमता नअपनाएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बाँके सरुवा गरिएको बताईएको हो ।

तरुण दलका नेताहरुसँग दशैंको समयमा खशी मागेको, उनीहरुसाग वार भएको भन्दै धम्की दिएको, तण नेताहरुलाई फसाउन उनीहरुको गाडीमा बन्दुक फिट गरेको भिडियो सार्बजनिक भएको लगायतका बिबादका कारण विश्वभरका नेपालीहरुबीच आलोचित हुँदै आएका डीएसपी शाहीलाई यस घटनाले भने बचाउन सकेन । शाहीले स्थानीय क्षेत्रमा काँग्रेसका गतिबिधलाई नियन्त्रण गर्दै नेकपालाई मलजल गर्दै आएको आरोप काँग्रेसबृतमा लाग्ने गरेको थियो ।

दर्जर्नौ बिद्यार्थीहरु घाईते हुनेगरी लाठाी चार्ज, अश्रु ज्ञास प्रहार गर्न सकृय रहेको आरोपसहित डीएसपी शाहीलाई तत्काल सरुवा गर्न स्थानीय जनताले दबाब दिएपछि प्रहरीले उनलाई उक्त स्थानबाट सरुवा गर्न बाधय भएको हो । स्कुले बिद्यार्थीमाथी लाठी चार्ज र अश्रु ज्ञास आक्रमण काण्ड काण्डै काण्डको केपी ओली सरकारको पछिल्लो काण्ड भएको प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाईरहेका बेला नेकपा निकटमा रहेर नेकपा सरकारलाई नै बद्नाम गराएको आरोप समेत डीएसपी शाहीमाथी स्थानीय नेकपा नेताहरुले लगाएका छन् ।

डीएसपी शाहीको हाउभाउ हेर्दा पनि नेपाली जनतालाई शान्ती शुरक्षा कायम गर्ने भन्दापनि गुण्डागर्दी शैलीको भएको आन्दोलनमा सहभागीलाई नियन्त्रणमा लिदा प्रत्यक्ष रुपमा देखेकाहरुबताउछन् । उनी सरुवा भएको कुराकारबाही भन्दापनि सामान्य प्रकृया भएको उच्च प्रहरी अधिकारीको भनाई छ ।
इन्जार्ज हुँदा डीएसपी ्शाहीको जिम्मेवारी बढी भएपनि सरुवा भएपनि उनको काम घटेको छ।