राजनीति

पशुपति संरक्षणको जिम्मा पाएकाबाटै मर्यादा विपरित गतिविधि हुनु गम्भीर विषयः नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले पशुपति क्षेत्रका सांस्कृतिक परम्परा, मूल्य र मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा लिएकाहरूबाटै मर्यादा विपरित गतिविधि हुनु गम्भीर विषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन् । नेता थापाले यस कार्यमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

उनको ट्वीटः पशुपति क्षेत्रका आफ्नै सांस्कृतिक परम्परा,मूल्य र मान्यता छन् । यसको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा लिएकाहरूबाटै परम्परागत मान्यता,प्रचलित नियम र मर्यादा विपरित गतिविधि हुनु गम्भीर विषय हो । ज्यू यस कार्यमा संलग्नलाई अबिलम्ब छानबिन गरी कारबाही गरियोस् ।