खेलकुद

आज सागको अन्तिम दिन, विभिन्न ५ खेलहरु हुँदैः समापन समारोह ५ बजेपछि सुरु हुने

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को दशौँ अर्थात् अन्तिम दिन आज मंगलबार विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ । सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा नवौं दिनसम्म भारतले १६६ स्वर्णसहित अग्रता बनाएको छ । ४९ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

फुटबलः पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको फाइनल खेल अपरान्ह ३ः०० बजे हुनेछ ।

बास्केटबलः बास्केटबलको फाइनल खेल मंगलबार हुनेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ः०० बजे हुनेछ ।

महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ः३० बजेसुरु हुनेछ । महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।

बक्सिङः बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ः०० बजेदेखि सुरु हुनेछ ।

जुडोः जुडोमा मंगलबार १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु बिहान ९ः०० बजेदेखि सुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ः३५ मा सुरु हुनेछ ।

स्क्वासः स्क्वासको टिम स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।