राजनीति

किशोरको कटाक्षः बामदेवलाई प्रधानमन्त्री बनाउन दुइतिहाईको दुरुपयोग गर्दै नेकपाले संबिधान नै संसोधन गर्छ

काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले नेकपा नेता बामदेव गौतमका लागि नेकपाको बिधान संसोधन गरेको प्रति तीब्र आक्रोस पोखेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै अब बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन दुईतिहाई मत भएको नेकपाले संबिधान नै परिवर्तन गर्न सक्ने सम्भावना देखिएको टिप्पणी गरेका छन् । खरो स्वभाव भएका पत्रकार नेपालले एउटा ब्यक्तीलाई शक्तीसाली बनाउन जेपनि गर्ने चलन नेकपा भित्रको चलनको बिरोध उनले प्रष्ट रुपमा गरेका छन् ।

नेता गौतमलाई अधिकार दिन नेकपाभित्र बिधान संसोधन गर्ने तयारी भएको समाचार भईरहेका बेला बरिष्ठ पत्रकार नेपालको प्रतिकृया आएको हो ।

उनले भनेका छन्, ‘नेकपाका नेता वामदेव गौतमका लागि पार्टीको बिधान बदलिने भयो । अब उनलाई प्रधानमन्त्री बनाउन देशको संविधान बदलिन पनि सक्दछ । देश दुई तिहाइको जिम्मामा छ । जे गर्ने हो दुई तिहाइले गर्छ । अन्धेर नगरीमा जे पनि हुन सक्दछ ।’