आर्थिक

औद्योगिक तथा व्यापारिक सम्बन्ध बढाउन चेम्बरको जोड

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले औद्योगिक तथा व्यापारिक माध्यमबाट नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई नयाँ आयाम दिइनुपर्नेमा जोड दिएको छ ।

नेपालका लागि श्रीलङ्कका राजदूत हिमानी अरुणातिलकासँग आज भएको भेटमा चेम्बरका पदाधिकारीले नेपालमा हुने चेम्बर एक्स्पोमा श्रीलङ्काली व्यापारीको सहभागिताका लागि आग्रह गर्दै श्रीलङ्कामा हुने औद्योगिक÷व्यापारिक मेलामा नेपाली व्यवसायीको सहभागिताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । भेटमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटक नेपाल भित्र्याउन सफल हुने अपेक्षा गरे ।

सो अवसरमा राजदूत अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएतापनि यसले मूर्त रुप लिन नसकेको भन्दै आयोगको सक्रियता बढाउन आफ्नो भूमिका रहने बताए । वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिँदै उनले प्रविधि बैंकिङ्क, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा द्विपक्षीय व्यापार लगानी प्रवद्र्धनमा लागिपर्ने बताए ।