आर्थिक

महालक्ष्मी विकास बैंकको नँया शाखा काठमाडौँको सानो भ¥याङमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भ¥याङ्मा महालक्ष्मी विकास बैंकको नँया शाखा कार्यालय विस्तार भएको छ ।

उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा दीपप्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायीतथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।