खेलकुद

आर्चरीमा बङ्गलादेशले १० स्वर्ण पदक हात पार्न सफल, नेपाललाई एक रजतसहित तीन पदक

पोखरा २३, मङ्सिर । तेह्रौंं दक्षिण एशियाली खेलकूद (साग अन्तर्गत पोखरामा आज सम्पन्न आर्चरी खेलमा बङ्गलादेशले १० स्वर्ण पदक हात पार्न सफल भएको छ । दश स्वर्ण पदकका लागि पोखरा रङ्गशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बङ्गलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेण्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

आज भएको रिकर्भ महिला तथा पुरुषतर्फ बङ्गलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो । रिकर्भ पुरुषतर्फको खेलमा बङ्गलादेशका विश्व ¥याङकिङ १०आंैंभित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे सोही इभेण्टको महिला तर्फ बङ्गलादेशकी १४ वर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

रिकर्भ एकल पुरुषतर्फ श्रीलङ्काले कास्य पदक हात पार्न सफल भयो । श्रीलङ्काका डिई सिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बङ्गलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनोट भएकी खेलाडी हुन ।

त्यस्तै कम्पाउण्ड एकल पुरुषतर्फ बङ्गलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कास्य पदकका लागि भएको खेलमा बङ्गलादेशका दास असिम कुमारले श्रीलङ्काका वासान्त कुमारलाई पराजित गरी कास्य पदक जितेका हुन् । सोही इभेण्टको महिलातर्फ बङ्गलादेशकी विश्वास सुमाले श्रीलङ्काकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । श्रीलङ्काले यस बिधामा कास्य पदक हात पा¥यो । श्रीलङ्काकी दमयन्तीले बङ्गलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन् ।

आइतबार छ स्वर्ण पदकको छिनोफानो लाग्दा छ स्वर्ण पदकमाथि बङ्गलादेशले एक्लौटी ढङ्गले वर्चश्व जमाउन सफल भएको थियो । बङ्गलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो । १२औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । सागमा सहभागी राष्ट्रमध्य प्रमुख दाबेदारका रुपमा भारतलाई मानिए पनि यस पटक भारत सहभागी नहुँदा अधिकाशं पदक बङ्गलादेशले हात पार्न सफल भयो ।

नेपालले आर्चरीको खेल सामग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुपस्वर्ण पदक ल्याउन नसकिएको प्रशिक्षक वसन्त थकालीले बताउनुभयो । विजेता खेलाडीलाई गण्डकी प्रदेशका सदस्य मोहन रेग्मी, दीपक कोइराला, राष्ट्रिय खेलकूद परिषद् सदस्य राजेशकुमार गुरुङ, नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । नेपालले एक रजत, दुई कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित चार देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी नभएको हो ।