समाचार

नेपाली बालिकालाई जबर्जस्ती करणी तथा उद्योग गर्ने अमेरिकी नागरिक पक्राऊ

२३ मंसिर, काठमाडौं । नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा अमेरिकी नागरिक राहदानी नं. ५६७४७२५३५ वाहक ४० वर्षीय ज्यासन ल्योयड मुडी पक्राउ परेका छन् ।

आर्थिक प्रलोभन देखाएर बालबालिकामाथि यौन शोषण गरेको आरोपमा मुडीलाई सीआईबीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं. १०४ बाट पक्राउ पक्राउ परेका हुन् । मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।