समाचार

काँग्रेसद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २३ मङ्सिर । नेपाली काँग्रेसले काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ६ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) का पार्टीका क्षेत्रीय सभापति माधव अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत स्व. अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको जनाउँदै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । पैँतिस वर्षीय अधिकारीको हिजो हृदयघातबाट निधन भएको थियो ।