खेलकुद

१३औं साग: जुडोमा पुनमले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४८ पुग्यो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण जितेको छ । ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ ।