खेलकुद

१३ औं साग: बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलुकद अन्तर्गत सोमबार भएको बक्सिङमा नेपालले स्वर्ण पदक जितेको छ । ६४ केजी तौल समूहमा भारतीय बक्सरलाई पराजित गर्दै नेपालका भुपेन्द्र थापाले पदक जितेका हुन् ।

यसअघि५४ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक दिलाएकी थिइन् ।