खेलकुद

महिला कबड्डीमा नेपाललाई रजत

काठमाडौ, २३ मङ्सिर । १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबड्डी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।