खेलकुद

१३औं साग: नेपाल भारतसँग पराजित भएपछि प्रशिक्षकले दिए राजीनामा

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलमा नेपाललाई भारतले २-० ले पराजित गरेपछि नेपाली महिला फुटबल टिमका प्रशिक्षक रही खड्काले राजिनामा दिएका छन् । सोमबार पोखरामा भएको खेलमा भारतले नेपाललाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

प्रशिक्षक खड्काले खेलपछि संचारकर्मीहरुसँग कुरा गर्दै आफुले सम्हालेको तिम्ले पराजित व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफुले लिने भन्दै नैतिकताको आधारमा राजिनामा दिने घोषणा गरेका हुन् । खड्काको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतसँगै हारेको थियो ।