पु.समाचार

अध्यक्ष बस्नेत आक्रमकः घाईतेको निःशुल्क उपचार/दोषीमाथी कडा कारबाही नभए आन्दोलन गर्छौ

काडमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले कोहपुरमा कितावकलम बोक्ने छात्राहरुमाथी भएको प्रही दमनको कडा शब्दमा बिरोध जनाएको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले गरेको शान्तीपूर्ण आन्दोलनमा लाठीजार्च र गोली चलाई बिद्यार्थी र सर्बसानधारणलाई घाईते बनाएको भन्दै निन्दा र भत्र्शना गरेका छन् ।

अध्यक्ष बस्नेतले घाईतेहरुको उपचार निशुल्क हुनुपर्ने, दोषीउपर कडा भन्दा कडा कारबाही हुनुपर्ने मागगर्दै शान्तीपूर्ण रुपमा भएका जनताका आन्दोलन दबाउने भ्रष्ट सरकारको कदम जारी रहे जनताको जीउधनको रक्षा र न्यायका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यसबाट हुने क्षतीको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनी दिएको छ।

सधैं जनताका अधिकारका लागि रगतको बलिदान दिन तयार रहने तरुण दल कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्दलाई मालबाहक ट्रकले घाईते बनाएर भएको शानीपूर्ण आन्दोलनमा प्रहरी दमन भएपछि कडा रुपमा न्यायका लागि बोल्न बाध्य भएको देखिन्छ ।