पु.समाचार

स्कुले बिद्यार्थीमाथी गोली चलाउन निर्देशन दिने गृहमन्त्रीले राजीनामा नदिए नेविसंघको देशब्यापी आन्दोलन

काठमाडौं । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बााकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन्

नेविसंघ पशुपति कयाम्पसले कोहलपुरमा युनिफर्ममा भएक विद्यार्थीमाथी गोली हान्न आदेश दिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग्दै प्रदर्शन गरिएको छ। नेविसंघका पशुपति क्याम्पस स्वबीयू सभापति मनोज बैद्यले भनेका छन्, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

डीएसपी शाहीसहित केही प्रहरी घाईते भएको घटनामा बिद्यार्थी कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द लगायत एक दर्जन विद्यार्थी घाईते भएका छन् । घाईतेहरुको बीएण्डबी अस्पतालमा उपचार गरिहेको बताईएको पनि आज विहान चाबाहील लगायतका स्थानमा नाराबाजी गर्दै स्कुले बालबालीकामाथी आक्रमण गर्न निर्देशन दिने गृहमन्त्री थापाको राजीनामा माग गरिएको छ। घाईतेको निःशुल्क उपचार गर्नुपर्ने माग गर्दै स्कुले विद्यार्थीलाई अन्याय गर्ने गृहमन्त्रीले राजीनामा नदिए नेविसंघले देशब्यापी आन्दोलन गर्ने बताएका छन् ।
घाईते विद्यार्थीलाई सेनाको हेलिकप्टेरमार्फत काठमाण्डौ ल्याई उपचार गरिरहेको गोली, लाठी र अश्रुज्ञास प्रहर गरी झडप गाउन निर्देशन दिने गृहमन्त्री एक मिनट पनि पदमा बसिरहन नसुहाउने आन्दोलनमा सहभागी उनीहरुको तर्क छ।