विचार/ब्लग

बालबालीका– माथि प्रहरी दमन अत्यन्तै निन्दनीय !

शोभा रावत । आईतबार दिनभरी नै प्रदेश नम्बर ५ को नेपालगंज स्थित कोहलपुर बजार अशान्त भयो । घरबाट स्कुल हिँडेकी प्रकृति चन्दलाई ट्रकले टक्कर दिएर घाईते बनाएपछि चन्दको लागि न्यायको माग गर्दै दिनभर अन्य स्कुले विद्यार्थि सडकमा उत्रिए ।

आफना बाबुको स्कुटरमा बसेर स्कुल आएकी चन्द स्कुटरबाट ओर्लिएर दुई पाईला हिँड्न नउपाउँदै कहिलै पनि हिँड्न नसक्ने भईन । बाटोको एक छेउमा छट्पटाईरहेकी चन्दका दुबै खुट्टामा लगाईएको जुत्ताले उनको खुट्टाको साथ छोडी सडकको पल्लो छेउँमा गुमेका खुट्टा तिर टोलाईरहेका थिए । खुट्टामा चोट लागेपछि पींडा सहन नसकेकी उनको चित्कारले एकछिन् कोहलपुर बजार स्तध भएको थियो ।

सडमा नउत्रिउन पनि कसरी सार्वजीन भएको तस्विर हेर्दा जो कोही पनि अलिकती मानवियता भएको मानिसको आँखामा आँशु आउनु स्वभाविकै हो । नेपालका कुनै कुना कान्दारा देखी अमेरिकाको न्युयोर्कसम्म बस्ने नेपाली वा नेपाली मुलका विदेशी नागरिकले सामाजि सञ्जाल फेसबुक, ट्वीटरबाट उक्त घटनाको तिब्र बिरोध गरेको देखिएको छ ।

आफना बाबुको स्कुटरमा बसेर स्कुल आएकी चन्द स्कुटरबाट ओर्लिएर दुई पाईला हिँड्न नउपाउँदै कहिलै पनि हिँड्न नसक्ने भईन । ट्रकको ठक्करबाट बालिका चन्दका दुबै खुट्टा पेलिएका छन् । उनको हाल राजधानीस्थित एक अस्पतालमा उपचार भैरहेको छ ।

बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भीर घाइते भईन् । बाटोको एक छेउमा छट्पटाईरहेकी चन्दका दुबै खुट्टामा लगाईएको जुत्ताले उनको खुट्टाको साथ छोडी सडकको पल्लो छेउँमा गुमेका खुट्टा तिर टोलाईरहेका थिए ।

तस्विर आफैं बोल्छ

खुट्टामा चोट लागेपछि पींडा सहन नसकेकी उनको चित्कारले एकछिन् कोहलपुर बजार स्तध भएको थियो । ट्रकले ठक्कर दिएर उनलाई केही परसम्म घिसारदै लगेको थियो । कोहलपुर बजार असान्त भएको केहिबेरमा नै प्रहरीको लाठीचार्ज तस्विर र भिडियो सामाजिक सञ्जाल मार्फत विश्वभरका नेपालीहरु माझ भाईरल भयो ।

उनिसंगै हिँडेक साथिहरु आफनो संगैको साथिको त्यो हालत देखेर एकछिन पत्याउन नसकी एकोहोरो भएका थिए । ट्रकको ठक्करबाट सख्त घाईते आफ्नो साथीको त्यस्तो हालत देख्दा आक्रोसीत उनिहरुले ठक्कर दिने ट्रकमाथि आगो लगाई दिएका थिए । सो लगत्तै उक्त घटनास्थलमा प्रहरी आएर ट्रकमा लागेको आगो नियन्त्रण गर्नुको साटो विद्यार्थिमाथी जाईलागेका थिए ।

दुई तिहाई मतको शक्तिसाली सरकार भनेर चिनिने सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा केहिपनि बोलेका छैनन् । हुनत कालापानि, लिपुलेक, लिम्पियाधुरा भारतले आफनो भुमिमा मिसाउँदा त केहि नबोल्ने प्रधानमन्त्री ओली बालबालिका घटनामा केहि बोल्लान् र न्याय दिलाउलान भन्ने त कल्पना भन्दा बाहिरकै कुरा हो ।

उनीहरुले भीडलाई तितर–बितर गर्न हदैसम्मको कु्ररतापुर्ण, अमानविय र जतिसुकै निन्दा गरेपनि कमै हुने तरिकाले विद्यार्थिमाथी लाठीचार्ज गरेका थिए । प्रहरीले उक्त घटनामा देखिएका लगभग सबै विद्यार्थिमाथी जाईलागे । यसरी जाईलागे कि मानौं कुनै ठुलो अन्तराष्ट्रिय हतियारधारी समुह, सुन तस्कर, लागु तस्कर जस्तो गरी ठुलो अपराधीको जस्तै व्यवहार उनिहरुले साना–साना विद्यार्थिमाथि देखाएका थिए ।

 

प्रहरी साना कलिला बालबालीकामाथि निर्मम तरिकाले प्रस्तुत भएको सुन्न अप्ठेरो लाग्नुपर्ने भएपनि आईतबार दृष्य नै देखीयो । जो आफ्नी साथीको न्याय माग्न पहिले आक्रोसित भएपनि विस्तारै शान्तिपुर्ण रुपमा सडकमा ओर्लिका विद्यार्थिमाथी प्रहरीले लाठीचार्ज गर्नु अन्तराष्ट्रिय न्याईक सिद्धान्तभन्दा बाहिर गएको छ ।

प्रहरीको आक्रमणमा परि कतिपय विद्यार्थिका हात भाँचिएका छन्, कतिपयको टाउको फोडिएको छ र कतिको खुट्टामा गम्भिर चोट लागेको छ । बिडम्बनापुर्ण कुरो के छ भने संयमता अपनाएर विद्यार्थिहरुलाई सम्झाई घटना सामसुम पार्नुको साटो अमानविय कार्य गरेर झनै आगोमा घिउ थप्ने काम प्रहरीले गरेको देखिएको छ । उनीहरुले बिरोधमा उत्रिएका देखी लिएर सडकमा हिँडिरहेको विद्यार्थिमाथी लाठी बर्षाएको तस्विर सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती देखिएको छ ।

सार्वजनिक भएका तस्विरहरु हेर्दा लाग्छ प्रहरीहरु मादक पर्दाथ सेवनगरी ड्युटिमा खटिएका छन् । प्रहरीको उच्च नेतृत्व, गृहमन्त्रालय, प्रधानमन्त्री तथा सरकारले छनविन गर्ला नर्गला ति तपशिलका कुरा हुन् तर उक्त घटना सामन्य सिद्धान्त भन्दा पनि फरक देखिन्छ । कयौं लाठी चार्जका साथै दजर्नौ हवाई फाएर र रबरका गोली नै वर्षाएका थिए । रबरको गोली लागेर कयौं बिद्यार्थि घाईते मात्रै भएनन् अन्य विद्यार्थिहरु प्रहरी प्रशासन संग मानसिक रुपमा आतंकित समेत भएका छन् ।

आफना छोरा–छोरीमाथि प्रहरीको ज्यादती देखिसकेपछि स्थानीय वासिन्दा प्रहरीको उक्त कार्यको बिरोधमा उत्रिए ।प्रहरीका कारण अझ उग्र बनेका आन्दोलनकारी प्रहरीमाथि जाईलागेका थिए । ढुंगामुढा प्रहार गर्दै केहि प्रहरी पनि घाईते भएका छन् । प्रहरी घाईते हुनुपनि समाजका लागि राम्रो कुरा होईन तर उक्त बालबालिका विद्यार्थिमाथी अमानविय व्यबहार गर्न निर्देशन दिने र गलत निर्देशनको पालना गर्ने प्रहरी अधिकारी पत्ता लगाई कडा कारबाही गर्नुपर्ने अवस्था देखिएको छ ।

एउटा अनुमान कालापानी, लिपुलेक, लिम्पियाधुरा भरतको नक्सामा पार्दा सामान्य घटना भन्ने सरकारका प्रवक्ता तथा संञ्चारमन्त्री गोकुल प्रशाद वास्कोटाले यलाई त अत्यन्तै सामान्य भन्न सक्नेछन् ।  उनको उत्तर बालबालिका अधिकारका लागि लडेका अन्तराष्ट्रिय संस्थाहरु, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत सरोकारवाला शक्ति तथा संघसंस्थाहरुले कसरी देलान त्यो हेर्न भने बाँकि छ ।

कुनै पनि स्थितीमा अहिले प्रहरीले आफ्नो संयमता गुमाउँदै आतंककारी शैलिको प्रयोग गर्नु गैरजिम्मेवार भएपनि न प्रहरीले उक्त घटनाको विषयमा केहि बोलेको छ नत छानविन समिती बनाएर दोषीलाई कारबाही प्रतिबद्धता गरेको छ ।
प्रहरी प्रशासनले गरेको गल्तिमा गृहप्रशासन र सरकार समेत केहि नबोल्नु देशमा सरकार छ कि छैन भनेर जनताले संका गर्नु पर्ने अवस्था श्रृर्जना भएको छ ।

दुई तिहाई मतको शक्तिसाली सरकार भनेर चिनिने सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा केहिपनि बोलेका छैनन् । हुनत कालापानि, लिपुलेक, लिम्पियाधुरा भारतले आफनो भुमिमा मिसाउँदा त केहि नबोल्ने प्रधानमन्त्री ओली बालबालिका घटनामा केहि बोल्लान् र न्याय दिलाउलान भन्ने त कल्पना भन्दा बाहिरकै कुरा हो ।

तरपनि प्रधानमन्त्रीलाई कुनै पार्टीको भन्दा पनि देशकै अगुवाको रुपमा अभिभावकको रुपमा लिने हामीजस्ता सामान्य नेपालीले आश राख्नु भने अस्वभाविक होईन । बालबालिकाले गल्ति गरेभने सरकारले सुरक्षाफौज उतार्नु उचित कि अनुचित भन्ने सरकारका जिम्मेवार मन्त्रीहरुले आफै मुल्याङकन गरुन र सोचुन ।

तर एउटा अनुमान कालापानी, लिपुलेक, लिम्पियाधुरा भरतको नक्सामा पार्दा सामान्य घटना भन्ने सरकारका प्रवक्ता तथा संञ्चारमन्त्री गोकुल प्रशाद वास्कोटाले यलाई त अत्यन्तै सामान्य भन्न सक्नेछन् ।  उनको उत्तर बालबालिका अधिकारका लागि लडेका अन्तराष्ट्रिय संस्थाहरु, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत सरोकारवाला शक्ति तथा संघसंस्थाहरुले कसरी देलान त्यो हेर्न भने बाँकि छ ।

अनि घाईते विद्यार्थिहरुको उपचार र आगामि दिनदेखी यस्ता घटना दोहोरीन नदिने सरकारको प्रतिवद्धता र कार्यान्वयन कस्तो हुन्छ त्यो पनि नेपाली जनताले देख्ने नै छन् । तर शान्तिकामी नेपाली जनताकोचाहना भनेको उक्त घटना होईन । साथै प्रहरी प्रशासनको उक्त कार्यको चौतर्फि बिरोध हुनुका साथै घटनामा संलग्नलाई कारबाहिको माग समेत गरिएको छ ।