राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामन्यः बोलाए मन्त्रीपरिषदको बैठक

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आज मन्त्रीपरिषद बैठक बोलाएका छन् ।  केही समयदेखी स्वास्थ्यमा समस्या आएपछी बिदामा वसेका प्रधानमन्त्री ओलीको अवस्था सामान्य भएसंगै काममा फर्किएका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किएपछि प्रधानमन्त्री विस्तारै काममा फर्किएका हुन् ।
ओलीको अवस्था सामान्य भएको र काममा र्फकिएपछि पहिलोपक आज मन्त्रीपरिषद बैठक बस्दै छ ।

१४ दिनअघि प्रधानमन्त्रीलाई अचानक स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चार दिनअघि अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्रीले यसबीचमा सीमित व्यक्तिहरुसँग मात्र भेटघाट गरेका छन् ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताएका छन् । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गरेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र अहिले पूर्ववत काममा फर्किसकेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए । यसबीचमा पोखरेलसहित केही मन्त्रीसँग प्रधानमन्त्रीले परामर्श गरेका छन् ।