खेलकुद

१३ औं सागमा आज : नेपालले कुन खेल अन्तर्गत के जित्यो ?

काठमाडौं । नेपालमा जारी १३ औं  साग अन्तर्गत  आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, विच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुँदैछ । 

फुटबलः

पुरुष फुटबलतर्फ आज(आइतबार) नेपालले बंगलादेशविरुद्ध १-० को गोल अन्तर निकाल्दै फाइनलको यात्रा तय गरेको छ । नेपालले फाइनलमा भुटानसँग मंगलबार खेल्नेछ। भुटान र नेपालबीच हुने प्रतिष्पर्धा पुरुष फुटबलमा  स्वर्णको टुंगो लाग्नेछ ।

क्रिकेटः  

महिला क्रिकेट अन्तर्गत आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो । पोखरा रंगशालामा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । 

Image result for महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

ह्याण्डबल :

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको महिला ह्याण्डबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै रजत पदकमा सिमित भएको हो।  भारतले नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो।

यस्तै आइतबार पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा र भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले स्वर्ण जितेको हो। भारत भने उपविजेता बन्दै रजत पदकमा सिमित भयो

पौडी :

जारी सागमा आइतबार पौडी खेलमा नेपालकी जलपरी गौरिका सिंहले स्वर्ण जितेकी छिन् ! यो समेत गरेर उनले तीन स्वर्ण चुमेकी छिन् । यससँगै उनले एउटै साग खेलकुदमा सर्वाधिक स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा आइतबार भएको ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेण्डमा पूरा गरिन्। 

भारोत्तोलन :

पोखरामा आज सम्पन्न भारोत्तोलन खेलमा नेपालले आइतबार १ रजत र १ कास्य पदक जित्दै जारी सागमा भारोत्तोलनमा कुल २ स्वर्ण ३ रजत र ११ कास्य पदक जितेको छ ।

आइतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा रजत पदक जित्न सफल भएका हुन्। यस्तै आजै बहेको अर्को खेअलमा नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाउँदै काश्य जित्न सफल भए । 

जुडो :

गनखेलस्थित आर्मीको कभर्डहल आइतबार भएको जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन्।

इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेका हुन् भने सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

उसैगरी जुडोमा नेपालकी देविका खड्काले नेपाललाई पहिलोपटक  स्वर्ण  दिलाएकी छिन् । ५२ किलो मुनिको तौल समूहमा उनले स्वर्ण जितेकी हुन्। लगनखेलस्थित आर्मी कभर्डहलमा भएको प्रतिस्पर्धामा देविकाले भारत, श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

Image result for देविका खड्का

 

बक्सिङ :

आइतबार भएको महिला बक्सिङमा माला राई  फाइनलमा पुगेकी छिन्। राइ ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । यससँगै उनले रजत पदक पक्का गरेकी छिन् ।

 बास्केटबल :

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा बास्केटबलको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ७६–६२ अंकले पराजित गर्दै नेपाल सेमिफाइनलमा स्थान बनाएको हो।

आर्चरी :

१३औं दक्षिण एसियाली खेलकुद (साग)को आर्चरी खेलमा नेपालले एक रजत पदकसहित तीन पदक जितेको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ ऐतिहासिक रजत पदक जितेको हो। आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्यो।

नेपालले ४४ स्वर्ण, ४० रजत र ७० कास्य जित्दा भारतले ११९ स्वर्ण, ७२ रजत र ३७ कास्य जितेको छ ।