खेलकुद

सागः बास्केटबलमा नेपाल सेमिफाइनलमा

काठमाडाँै, २२ मङ्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि असिम श्रेष्ठले सर्वाधिक १८ स्कोर गरे । त्यसैगरी आयुष सिंहले १५ तथा सदीश प्रधानले १४ स्कोर गरे । अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।