आर्थिक

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुरामकुंवर क्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गते देखि एकिकृत कारोबार शुरु भएको हो ।

तीन दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनु भएका क्षेत्री २०७४ साल असार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । यस अघि उहाँले तत्कालिन बैंक अफएसिया र ग्राण्ड बैंकमाप्रमुखकार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसक्नु भएको छ ।

वि.सं. २०४२ साल देखि तत्कालिनग्रिनलेज बैंकबाट बैंकिङ्गक्यारियर सुरु गर्नुभएकाक्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीनवर्ष ६ महिनाकार्य गर्नुभएको थियो ।

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले  क्षेत्रीलाई पद बहाली गराएका हुन् ।  एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिकपुँजीकोष रु. २४ अर्ब, कुलनिक्षेप २१३ अर्ब, कुलकर्जा १९४ अर्ब भन्दा बढी रहेको छ ।

त्यस्तै ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा/सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सनतथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिकप्रतिनिधिकार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।