पु.समाचार

काठमाडौं मेरिएट होटल एडमामे’मा चिनियाँमेन्यू

काठमाडौँ । नक्सालस्थि तहोटेल मेरिएटको पहिलो तलामा छ, एडमामे रेष्टुरा । आरामदायी, सम्पन्न तथा आकर्षक आधुनि कएशियन शैलीको एडमामेले नयाँ चाइनिज मेन्यू शुरु गरेको छ । ’ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुन्छ ।

उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिले देखि नै उपलब्ध छन् । हालै शुरु भएको नयाँ मेन्यूमा दिम्सम, राइस बउल, र लिप स्म्याकिङ वाओस, हास, चिकेन लगायतका परिकार छन् । मिक्स शाकाहारी रोल्स र लिम्पियाज लगायत परिकार पनि रेष्टुरेन्टमा पाइन्छ ।

एडमामेको सेटिङ निकै आकर्षक छ । जटिल ढाचाँ, भव्य वस्त्र र एशियन कलाको फ्युजन रेष्टुरेन्टमा देख्न पाइन्छ । डिजाइनले प्राचिन सभ्यताको रहस्य र यसले अमुल्य भोेजनको अर्थ दिन्छ ।

हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी शेफ सञ्जीव रञ्जन र शेफ निन्जा भन्छन, ’खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौं, ताकी एकपटकको स्वाद पनि यादगार बनोस् ।’