समाचार

बालबालिका विद्यार्थीहरुमाथि लाठी प्रहार घटनाप्रति डा. संग्रौला आक्रोशित

२२ मंसिर, बाँके । बाँकेको कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाथि प्रहरीले लाठी प्रहार गरेका छन् ।

लाठी प्रहारवाट घाइतेहरुको उपचार भइरहेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डीला संग्रौलाले अध्ययनरत विद्यार्थीहरुमाथि भएको आक्रमणप्रति घोर भत्सर्ना गरेकी छन् ।

सांसद संग्रौलाले घटनावाट घाइतेहरुको उपचारको व्यवस्था गर्न र घटनाका दोषीलाई तत्काल कारवाही गर्न ध्यानाकर्षण गराएकी छन् । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांसद संग्रौलाले उक्त घटनाप्रति आक्रोशित भएकी छन् ।