खेलकुद

नेपाललाई आज जित्नै पर्ने दबाब : पहिलो हाफमा बंगलादेशविरुद्ध १–० को अग्रता

काठमाडौं  । १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको अग्रता लिएको छ । खेलको ११ औं मिनेटलमा नेपालले बंगलादेशविरुद्ध सुरूवाती अग्रता लिएको हो । 

मिडफिल्डर सुनिल बलको गोलमा नेपालले जारी साग अन्तरगत राउन्ड रोविनको लिगको अन्तिम खेलमा बंगलादेशमाथि पहिलो हाफमा १–० को अग्रता लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज(आइतबार) भएको खेलमा सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन् ।

खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखिरहेको नेपाललाई आजको खेल जित्ने पर्ने दबाब छ । यो खेलमा जित हात पारे नेपाल समूह विजेता बन्ने पक्का हुनेछ ।

भुटान भने यसअघि नै श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको  छ । आजको खेलमा विजयी हुने टोलीले मंगलबार स्वर्णका लागि भुटानसँग खेल्नेछ ।