पु.समाचार

छपकैयामा आयोजित नि:शुल्क आँखा शिविरको नगर प्रमुख सरावगीद्धारा उद्धघाटन

वीरगन्ज । वीरगन्ज महानगरपालिका अन्तर्गत छपकैयामा आयोजित आँखा शिविरको उदघाटन नगर प्रमुख विजय कुमार सरावगीले गरेका छन् । आँखा शिविरको उदघाटन गर्दै नगर प्रमुख सरावगीले आँखा जिवनको सबैभन्दा महत्वपुर्ण अगं भएकोले यसको उपचारमा कुनै कमि हुन नदिने धारणा व्यक्त गरे । उनले नगरवासीको आँखा उपचारको लागी आफूबाट हुनै सबै सहयोग जारी राख्ने बताए ।

मेयर कल्याणकारी कोषद्धारा वीरगन्ज महानगर भित्र सम्पूर्ण वडाहरुमा अभियानकै रुपमा आयोजना भइरहेको सातौं शिविर छपकैयामा सम्पन्न भएको हो ।

नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको परिक्षण पश्चात सम्पूर्ण बिरामिहरुलाई नि:शुल्क बस सेवा मार्फत मतृका आइ अस्पतालमा ल्याई मोतियाबिन्दु अपरेशन मंसिर २७ गते देखि पुष ३ गते सम्म हुने बताए । वीरगन्ज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसनको सहयोगमा आँखा चेकजाँचको शिविर संचालन गरिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष मनोज साहको अध्यक्षतामा सम्पन्न भएको उक्त नि:शुल्क आखा शिविर कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश दुबेदी, दिनेश साह, वडा न. ३ का वडा अध्य्क्ष बैजुलाल स्वर्णकार, समुदायिक स्कुलका प्रशिक्षक लगायत वडाका सदस्य तथा विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उनले जनकारीका कारण कतिपय गाउँका वृद्धहरुको दुइटै आँखाको मोतीयाबिन्दु रोगको अवस्था अन्तिम चरणमा रहेपनि रोगप्रति उदासिन्ता देखिएको बताउँदै उनले आँखाको उपचार सबैभन्दा उत्कृष्ट धर्मको रुपमा रहेकोले मेयर कोषबाट एक हजार रोगीको तत्कल अपरेश गरिने बताए । नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको उपचारको अफियान जारी रहने बताउदै परेमा यस वर्ष दुई हजारसम्मकार रोगीको अपरेशन गर्ने आफ्नो सोच रहेको बताए ।

वडा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ को वडा अध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १७२ वडा बासीले आँखाको परिक्षण गराएकोमा ५० जनालाई मोतोयबिन्दुको रोग रहेकोमा उनीहरुको आँखाको अपरेशन मंसिर २६ गते हुने बताइएको थियो । वीरगन्ज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसन को सहयोगमा शनिबार बिहान अँखा चेकजाचको शिविर संचालन गरिएको छ।

मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा विभिन्न ठाउहरुमा निशुल्क आँखा शिविरको आयोजना हुँदै आएको छ । सोहि क्रममा यो सातौे शिविरको आयोजना गरिएको हो । उक्त नि:शुल्क आँखा शिविर उदघाटन कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश दुबेदी समाजबादी युवा संघका केन्द्रिय सहइन्चार्ज फिरोज मन्सुर, नेपाली कांग्रेसका प्रमचन्द्र दुबे, लगायत विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मतृका आइ फाउन्डेसनका डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आँखा परिक्षण गरेका थिए ।

मोतियाबिन्द फेला परेका रोगीहरुको मंसिर २९ गते देखि वीरगन्जस्थित माटृका आई फाउन्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।