राजनीति

नवनिर्वाचित प्रदेशसभा सदस्य भँडेलले लिए पद तथा गोपनीयताको शपथ

हेटौँडा, २२ मङ्सिर । प्रदेश नं ३, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर १ (क) बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । भँडेल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुन् ।

सो अवसरमा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायतले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित ‘प्रदेश तेस्रो दर्पण’ स्मारिकाको पनि आजै सार्वजनिक गरेको थियो ।

प्रदेशसभामा यसअघि भक्तपुर १ (क) बाट निर्वाचित हरिशरण लामिछानेको उपचारका क्रममा निधन भएकाले करीब डेढ वर्षदेखि उक्त पद रिक्त हुँदै आएको थियो । प्रदेशसभामा हाल सत्तारुढ नेकपाका ८०, कांग्रेसका २२, नेपाल मजदूर किसान पार्टीका दुई , साझा विवेकशीश पार्टीका तीन तथा राप्रपा(संयुक्त), राप्रपा र स्वतन्त्रका एक एक प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले जानकारी दिए ।