मनोरञ्जन

 गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी” सार्वजनिक

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय  गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । 


पार्श्व गायनबाट आफ्नो संगीत यात्रा शुरु गरेका गायक लिम्बुको  चलचित्र होमवर्कमा समावेश “हराए म तिम्रो” बोलको गीत चर्चित छ । यसघि १०० भन्दा बढी गीतमा आफ्नो संगीत दिसकेका लिम्बुले गायक राजेश पायल राईको दर्शन नमस्ते ४ एल्बममा रहेको गीतमा समेत संगीत दिएका छन । पहिलो नेपाली आइडल समेत रहेका गायक लिम्बुको स्वरमा ५० भन्दा बढी गीत सार्वजनिक भइसकेका छन ।

“बोलाउ तिमी” रोमान्टिक लभ सङ हो । रमाइलो तरिकाले निर्माण गरिएको भिडियोमा ळक्षु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्यामपिएन शो’मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ । बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन । भिडियोमा विकाश मगरको छायांकन तथा सम्पादन रहेको छ । ओ एस आर डिजिटल मार्फत  सार्वजनिक गरिएको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।