पु.समाचार

प्रधानसेनापति महारथी थापाद्वारा निरीक्षण भ्रमण

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज अमलेखगञ्ज्स्थित प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालय र सुनाचुरीस्थित श्री सुनाचुरी ईमल्सन प्लाण्टको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त शिक्षालय र प्लाण्टको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरे । निरीक्षण भ्रमण सम्पन्नी गरी उनी आजै काठमाडौं फिर्ता भएका छन् ।