खेलकुद

महिला बक्सिङमा माला राई फाइनलमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज(आइतबार) भएको महिला बक्सिङमा माला राई  फाइनलमा पुगेकी छिन्।

राइ ५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै आफ्नो तौल समूहको फाइनलमा पुगेकी छिन् । यससँगै उनले रजत पदक पक्का गरेकी छिन् ।

अब उनले स्वर्णका लागि भारतकी पिन्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन् । पिन्कीले पाकिस्तानकी राजिया बानो अजिजलाई अंका आधारमा हराएर अघि बढेकी थिइन् ।