खेलकुद

जलपरी गौरिका ‘तीन स्वर्ण जित्ने’ पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत जलपरी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आज(आइतबार) भएको पौडी खेल अन्तर्गत पौडीबाज सिंहले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । उनले  निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गर्दै सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

उनले यसअघि २०० मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । यस्तै १०० मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी छन् ।

४०० मिटर फ्री स्टाइलमा भारतकी सिभांगी शर्मा( ४ मिनेट २६.२२ मिनेटमा )ले रजत जितेकी छन् । यस्तै श्रीलंकाकी रमुदी नुराला(४ मिनेट ४१.९१ )ले काश्य जितेकी छन् ।