खेलकुद

१३औँ सागमा जुडोमा देविका खड्काले जितिन् स्वर्ण

मंसिर २२, काठमाडौँ । १३औँ एशियाली खेलकुद (साग) अन्तर्गत ५२ केजीमुनि महिला जुडोमा नेपालले स्वर्ण जितेको छ ।

जुडोमा देविका खड्काले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण जितेकी हुन् । नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो ।