पु.समाचार

टिकटक र इन्स्टाको सेलिब्रेटी बिरालो ‘गैम्बिनो’- ‘मिआउ’ अर्कै अन्दाजमा भन्छ, हेर्नुहोस् भिडियोमा..

एजेन्सी । गैम्बिनो नामक एक बिरालो  पछिल्लो समय सामाजिक सञ्जालको लागि मसला खुराक बनेको छ ।उक्त बिरालोको चर्चा कुनै सेलीब्रेटी भन्दा कम  छैन । यस बिरालोको ख्यातीको पछी यसको ‘मिआउ’ गर्ने अन्दाज रहेको छ । निकै अनौठो तर मिठो तरिकाले ‘मिआउ’ गर्ने भएकै कारण यस बिरालोको चर्चा यति चुलिएको हो ।

गैम्बिनोमाथि बनाइएको एक भिडियो निकै प्रख्यात बनिरहेको छ, जसमा गैम्बिनो ‘वेल, हाइ’ गर्दै गरेको देखिन्छ । उक्त बिरालोको मालिकले चार दिन पहिले टिकटिक तथा इन्स्टाग्राममा एक भिडियो सेयर गरेका थिए । त्यसपछि उक्त भिडियो हजारौंको संख्यामा सामाजिक सञ्जालमा सेयर हुन् थालेको हो ।

भिडियोमा देख्न सकिन्छ कि गैम्बिनो एक दोस्रो बिरालोबाट बच्दै फ्रिजमा लुक्न पुगेको छ । त्यसपछि उसको मालिकले क्यामरा लिएर भिडियो सुट गर्न लागेको देखिन्छ । यसैबीच गैम्बिनो ‘वेल, हाई’ गरेर मिआउ गर्छे ।

यस भिडियोको टिकटिकमा हालसम्म १४ लाख पटक भन्दा ज्यादा हेरिसकिएको छ। उसैगरी इन्स्टामा ६ लाख भिओर्स पुगेको छ । फक्स न्युजको अनुसार गैम्बिनोलाई उसको मालिकले सन् २०१४ मा शरण दिएका थिए ।

https://www.youtube.com/watch?v=qEVyH6jTB8s