पु.समाचार

सौन्दर्यकर्मी उप्रेतीद्वारा ‘अमु कस्टमेटिक एण्ड ब्युटिपार्लर’को उद्घाटन

काठमाडौं । सौन्दर्यकर्मी सुर्यलक्ष्मी कर्माचार्यद्वारा संचालनमा ल्याइएको भक्तपुर नगपालिका-७ गोलमडिको अमु कस्टमेटिक एण्ड ब्युटिपार्लरको उद्घाटन प्रमुख अतिथि चर्चित सौन्दर्यकर्मी तथा समाजसेवी मेनुका सिवाकोटी उप्रेतीद्वारा सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न सौन्दर्यकर्मी, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

युवा व्यवसायी तथा सुर्यलक्ष्मी कर्माचार्यद्वारा सञ्चालित अमु कस्टमेटिक एण्ड ब्युटिपार्लर भक्तपुरमा अत्याधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुविधा सम्पन्न ब्युटीपार्लर हो । लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको अमु कस्टमेटिक एण्ड ब्युटिपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत सेवा सुयीधा प्रदान गरिन्छ ।

आफ्ना ग्राहकहरुको सेवा सुविधामा सदैव लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाई मर्यादित बनाउँदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यकर्मी सुर्यलक्ष्मी कर्माचार्य बताउछिन् । उनले पार्लरसँगै महिलाहरुको लागि कस्टमेटिक सामानहरु समेत उपलब्ध हुनेगरी पार्लर संचालनमा लिएर आएकी हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि चर्चित सौन्दर्यकर्मी तथा समाजसेवी मेनुका सिवाकोटी उप्रेतीले आफ्नो विद्यार्थीले यसरी ब्युटिपार्लर एण्ड कस्टमेटिक खोलेर आत्मनिर्भर हुँदा आफुलाई निकै खुसी लागेको बताईन् भने सफल व्यवसायको शुभकामना समेत दीईन ।