पर्यटन/संस्कृति

ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित

काठमाडौँ । ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित भएकी छिन । सान फ्रान्सिस्को बे एरियामा सम्पन्न चौथो ग्लोबल नेपाली फिल्म अवार्डमा उनलाई सम्मान प्रदान गरिएको थियो । स्वदेसही उत्पादनलाइ आफ्नो कर्म र धर्म मान्दै नेपाली महिला उद्धमीहरुमा अग्रणी भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवामा पनि विशिष्ट योगदान पुर्याएवापत ढाका विशेषज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ मा उनलाई उच्च सम्मान गरिएको थियो ।

नेपाली ढाकालाइ विश्वको ३३ वटा राष्ट्रमा पुर्याइ नेपालको स्वदेशी उत्पादन ढाकालाइ विश्वसामु परिचित गराउन सफल उद्धमी कल्पना योङहाङ लिम्बु नेपाली ढाका फेसनलाइ संसारभर परिचित बनाउन सफल भएकी छिन । लिम्बु समाजसेवामा समेत सक्रिय रहँदै मुलुकलाइ आफ्नो कर्मबाट समृद्ध बनाउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउने महिलामा चर्चित छिन ।