आर्थिक

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । मंसिर महिनामा दिन प्रतिदिन उकालो लागेको सुनचाँदी सुनचाँदीको भाउ आज घटेको हाे ।

सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीकाे भाउ आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।