पु.समाचार

स्कुले बालिकाको मृत्यु भएसँगै कोहलपुर तनावग्रस्त, विद्यार्थी समूहद्वारा ठक्कर दिने ट्रक जलाइयो

बाँके । प्रदेश-५ अन्तर्गत बाँकेको कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाईस्कुलमा आज(आइतबार) बिहान भएको दुर्घटनासँगै कोहलपुर तनावग्रस्त बनेको छ । आज बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत हाईस्कुलमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको हो ।

मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरूको समूहले ट्रकमा आगजनी गरेका छन् । आगजनीपछि प्रहरीले बल प्रयोग गरेपछि तनाव सिर्जना भएको थियो ।

आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा दर्जनौं सवारीसाधन तथा यात्रुहरू अलपत्र परेका छन् । सडकमा रोकिएका अधिकांश गाडीहरूको सिसा विद्यार्थीहरूले फुटाइदिनुका साथै चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।