राजनीति

खुशीको कुरा हो, उपनिर्बाचनबाट काँग्रेसभित्रका गुट-उपगुट अन्त्य भएका छन्ः बरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसभित्र एक से एक प्रतिभाशाली नेताहरु भएको बताएका छन् । नेता पौडेलले अघिल्लो निर्बाचनभन्दा देशभरका उप निर्बाचनमा काँग्रेसगुटबन्दीरहित भएको दाबी गर्दै त्यतिहुँदाहुँदा पनि काँग्रेसले जनताका माझ नयाँ आकर्षण जनतालाई दिन नसकेका कारण राम्रो नतिजाल्याउन नसकेको बताए ।

एक अनलाईन टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा नेता पौडेलले जनतामा राजनीतिप्रति बितृस्णा भएकेले राजनीतिलाई सम्मानित क्षेत्र बनाउन अतिरञ्जीत कुराहरु गर्नु राम्रो नहुने विचार बयक्त गरेका छन् । नेता पौडेलले प्रधानमन्त्रीलाई राष्ट्रियताका मुद्धालाई चुनावी मुद्धा नबनाउँ र काँग्रेसले कालापाली, लिपुलेक र लिम्पियाधुराका बिषयमा अगाडी बढ्न सुझाव दिएपनि नेकपा केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसंग सीधा कुरा गर्न नसकेको बताए । उनले नेकपा नेता माधव नेपाललाई दूत बनाएर सरकारले पठाएपनि उनी जान नमानेको कुरा सरकारले स्पष्ट अडान लिन नसकेको परिणाम भएको जिकिर गरे ।

आफूले पार्टी न्याय, निष्पक्षता र पारदर्शीताका आधारमा पार्टीलाई एकढिक्का बनाएर लान सभापति शेरबहादुर देउवालाई अनुरोध गरेको भन्दै पार्टीमा ब्यक्तीबादी भन्दा संस्थामा योगदान गरेकालाई स्थान दिन आफूलाई जोखिममा राखेर अगाडी बढड्न आग्रह गरेको बताए । त्यति हुँदाहुँदैपनि चुनाव हारिन्छ भनेर ७ बर्षदेखी नभएको दलित संघको अधिवेशन नगरेको जिकिर गर्दै निर्बाचनभन्दा अगाडी नै पार्टीका सबै अधिवेशनहरु सम्पन्नगर्न आग्रह गरेको बताए । आफूहरुलाई मिडियाले उपेक्षा गरेको आरोप लगाउँदै राम्रो र बैचारिक कुरा भन्दा उत्छृंखल कुरालाई मात्र प्राथमिकता दिएको बताए । नेता पौडेलले नेविसंघ, तरुण दल, किशान संघ लगायतका सबै भातृसंस्था लगायतका कुरामा आफूले ९ बुंदे सुझाव सभापति देउवालाई दिएपनि उक्त सुझाव सभापति देउवाले सुनुवाई गर्नेभन्दा पनि खल्तीमा राखेको बताए । उनले गुटबन्दी जहापनि हुने जानकारी दिँदै सुधार्न र टिम मिलाएर लानुपर्ने भनेको नेतृत्वको जिम्मेवारी भएको बताए । अबको महाधिवेशनपछिको सभापति को हो ? भन्ने प्रश्नमा उनले देशभरका प्रतिनिधिहरुले निर्णय गर्ने बताउँदै आफूले १३ औं महाधिवेशनको बारेमा बढी बोल्ने भन्दा सभापति उठ्ने बिषयमा आफूले अहिलेनै निर्णय गरिनसकेको बताए । आफूले न्यायकालागी युवाहरुलाई समेटेको बताउँदै बाहिर हल्ला गरेर नहिँड्न मित्रहरुलाई आफूले पनि आग्रह गरेको बताए । नेता पौडलले पार्टीबिग्रनुमा नेतृत्वलाई सुझाव दिएपनि नमानेको बताउँदै आफूपनि पानीमाथीको ओभानो हुनेलाईनमा नभएको बताए । संबिधानको धारा ९१ को २ अनुसार सभामुख र उप सभामुखमध्ये एक काँग्रेसलाई दिनुपर्ने बताए । सभामुख पद खाली भएकाले सभामुख काँग्रेसलाई दिए हुने बताए ।

भौगोलिक कारणबाट पनि नेपाललाई समस्या भएको बताउँदै कर्मचारीतन्त्रले सबै जिम्मेवारी राजनीतिक नेतृत्वलाई दोषलगाएका कारण पनि सीमा समस्या स्थायी समाधान हुन नसकेको बताए । नेता पौडेलले नापी बिभागमा महानिर्देशक, एमालेका नेताह भरतमोहन अधिकारी र भीम रावलसँग आफू कालापानी गएको स्मरण गरेकाथिए । नेता पौडेलले कम्युनिष्ट सरकारले सभामुखले कालापानीका फायल रोकेको भन्ने कुरा गलत भएको भन्दै आफू नै सबैभन्दा पहिलो कालापनी पुग्ने नेता भएको दाबी गरे । सबैभन्दा ठूलो राष्ट्रबादी राजा महेन्द्र भएको भएपनि त्यो बेलामा समेत समस्या समाधान नभएको बताए । आफू उपप्रधानमन्त्री मात्र भएको भन्दै अहिले उपेन्द्र यादब उपप्रधानमन्त्रीको के हेशियत् छ भन्ने प्रश्न गरेका छन् ।

नेता पौडेलले सबै राजनीतिक दलहरुले सीमाको बिषयमा कमजोरी गरेको बताउँदै सीमा बिबादका बिषयमा भन्दा सरकारहरुले अन्य बिषयलाई महत्व दिएका कारण समस्या समाधान हुन नसकेको बताएका छन् । नेता पौडेलले सीमा बिबादकोसमस्या समाधान गर्न आफूपनि जिम्मेवार हुने बताउँदै प्रश लगायत सम्पूर्ण सचेत नागरिकले जिम्मेवारी लिनुपर्ने बताए ।