अन्तर्राष्ट्रिय

भारतको राजधानी नयाँदिल्लीमा भीषण आगलागी, ३२ को मृत्यु, नियन्त्रण जारी

नयाँदिलली । भारतको राजधानी नयाँदिललीको अनाज मंडीमा आगलागी हुँदा ३२जना भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

डाक्टर किशोर कुमारका अनुसार लोकनायक अस्पतालमा आगलागीका घाईतेको उपचार भईरहेको छ । कतिपय घाईतेहरुको उद्दार तथा आगलागी नियन्त्रणका  लागि २५ भन्दा बढी गाडी तैनाथ छन् ।

साँघुरो गल्ली भएका कारण आगलागीस्थलमा दम्कल, एम्बुलेन्सलाई प्रवेश गर्न कठीनाई भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।