मनोरञ्जन

टिम प्रमोद खरेलका राम लिम्बुले जिते भ्वाईस अफ नेपाल दुईको उपाधि

काठमाण्डौ ।  गाएक प्रमोद खरेल टिममा रहेका राम लिम्बु दोस्रो भ्वाईस अफ नेपालको उपाधि जित्न सफल भएका छन् । सबैले रुचाईएका लिम्बुले शनिवार राती काठमाडौंमा भएको भाईनलमा सबैभन्दा धेरै भोट प्राप्त गरि भ्वाईस अफ नेपलको पुरस्कार आफनो हातमा पारेका छन् ।

उनि गाएक प्रमोद खरेलका टिममा रहेको थिए ।  (शनिबार) गएराति काठमाण्डौको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पारेका हुन् । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भएका छन् ।

उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्ट समेत हासिल गरेका छन् । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे ।

यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेको थियो ।