मनोरञ्जन

अभिनेत्री ऋचा शर्माले गरिन् विवाह : को हुन् दिपेक्ष विक्रम राना ?

काठमाडौं । अभिनेत्री ऋचा शर्माको  वैवाहिक जीवनमा बाँधिएकी छन् ।  दुई वर्षदेखि दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी शर्माले आज(शनिबार) दिउँसो विवाह बन्धनमा बाँधीएकी हुन् । राणा लबिम मलका म्यानेजर हुन्  ।

उनीहरुको विवाह समारोहमा दुवै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

दुलहीको ड्रेसमा सजिएकी शर्माले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छिन- ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।- ऋचा शर्मा र दिपेक्ष विक्रम राना ।’
वैवाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।