चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर- ४ चेपाङमार्गको भित्रि सडकमा अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । चितवनको चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो टेम्पो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यायले जनाएको छ ।
बेलुका सवा ६ बजे दुर्घटना भएको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए । उनका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
पिकनिक गएर फर्किदै गरेको टेम्पो दुर्घटना मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।