काठमाडौं । मोरङ रतुवामाई निवासी गायक हरि कार्कीको नयाँ गीत बजारमा आउने भएको छ ।
‘पोखराकी गुरुङ सेनी स्वर्गकी परी, कसो गरौं अब आहै मनै घर्रबरायो, पाए हुन्थ्यो बोल्न आहै मुखै बर्बरायो’ बोलको गीतको रेकर्डिङ सकिएको छ । रोजी लाबुङ राईको शब्द रहेको यस गीतमा नरेश लिङ्देनले संगीत भरेका छन् ।
लामो समयदेखि संगीत साधनामा लागिरहेका कार्कीले आफ्नो पहिलो कोशेली स्वरुप गीत रेकर्ड गराएको जानकारी दिए । “चाँडै नै भिडियो सहित सार्वजनिक गर्ने तयारी भईरहेको छ”, उनले भने, “सबैले माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।”
त्यसो त सामाजिक सन्जालमा कार्कीको कभरसँगहरु निक्कै रुचाईएको छ । “यो त आफ्नै गीत हो, अझ मन जित्छु भन्ने विश्वास छ”, उनले भने ।