खेलकुद

इटहरीमा लैगिंक हिंसा विरुद्ध महिलाले खेले फुटसल

इटहरी । १६ दिने लैंगिक हिंसा विरुद्घको अभियानको अवसरमा इटहरी उपमहानगरले महिला समूहबिच मैत्रीपुर्ण फुट्सल खेल सम्पन्न गरेको छ । उपमहानगरका कर्मचारी, जनप्रतिनिधि, महिला तथा पत्रकार महिला साथै उद्यमी महिला र सामाजिक संघसंस्थाका महिलाबिच पाथीभरा फुटसल काव्यवाटिकामा मैत्रीपुर्ण फुट्सल खेल भएको हो ।

उपप्रमुख लक्ष्मी गौतमले नेतृत्व गर्नुभएको उपमहानगर र शुभद्रा प्याकुरेलले नेतृत्व गरेका पत्रकार महिलाबिच भएको खेलमा नगरपालिकाले महिला पत्रकारलाई २-० को गोल अन्तरले पराजीत गर्यो । अर्को खेलमा रन्जु सिग्देल नेतृत्वको उद्यमी महिलाले सिला गजमेर नेतृत्वको सामाजिक संघस्थाका महिला टिमलाई ४-१ गोल अन्तरले पराजीत गरेको छ ।

उपमहानगरपालिकाले अभियानको क्रममा १६ दिन खेलको उद्घाटन गर्दै महिलाहरु पनि सक्षम छन् भन्ने कुराको पुष्टि गर्न खेलको अयोजना गरिएको उपमहानगरकी उप-प्रमुख लक्ष्मी गौतमले बताइन् । कार्यक्रममा बोल्दै उनले यस्ता खालका कार्यक्रमले महिला पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।