समाचार

एक हजार जनताको नि:शुल्क मोतीयाबिन्दूको अपरेशन गरिने

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगन्जको सुगौलीमा आयोजित नि:शुल्क आखा शिविरको उदघाटन गरेका छन् । उदघाटन गर्दै नगर प्रमुख सरावगीले विभिन्न गाउहरुमा आँखाको चेकजाँच भइरहेको र एक हजार मोतियाबिन्दुका रोगीहरुको नि:शुल्क अपरेशन गरिने बताए ।

उनले जनकारीका कारण कतिपय गाउका बृद्धहरुको दुइटै आखाको मोतीयाविन्दु रोगको अवस्था अन्तिम चरणमा रहेपनि रोगप्रति उदासिनता देखिएको बताउँदै उनले आँखाको उपचार सबैभन्दा उत्कृष्ट धर्मको रुपमा रहेकोले मेयर कोषबाट एक हजार रोगीको तत्कल अपरेश गरिने बताए । नगर प्रमुख सरावगीले मोतीयाबिन्दुको उपचारको अभीयान जारी रहने बताउँदै परेमा यस वर्ष दुई हजारसम्मका र रोगीको अपरेशन गर्ने आफ्नो सोच रहेको बताए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर- २४ को वडा अध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १७२वडा बासीले आँखाको परिक्षण गराएकोमा ५० जनालाई मोतोयबिन्दुको रोग रहेकोमा उनीहरुको आँखाको अपरेशन मंसिर २६ गते हुने बताइएको थियो । वीरगंज महानगरपालीका मेयर कल्याणकारी कोष र मतृका आइ फाउन्डेसनको सहयोगमा शनिबार बिहान आँखा चेकजाँचको  शिविर  संचालन गरिएको छ।

मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा  विभिन्न ठाउहरुमा  नि:शुल्क आँखा  शिविरको आयोजना हुँदै आएको छ । सोहि क्रममा यो सातौे  शिविरको आयोजना गरिएको हो । उक्त नि:शुल्क आँखा शिविर उदघाटन कार्यक्रममा राजनितिक सल्लाहकार मुकेश दुबेदी समाजवादी युवा संघका केन्द्रिय सहइन्चार्ज फिरोज मन्सुर, नेपाली कांग्रेसका प्रमचन्द्र दुबे, लगायत विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मतृका आइ फाउन्डेसनका डाक्टर महेश सिंह धामीले मोतियाबिन्दुको रोगीहरुको आँखा परिक्षण गरे।

मोतियाबिन्द फेला परेका रोगीहरुको मंसिर २९ गते देखि  वीरगंजस्थित माटृका आई फाउन्डेसनमा तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिले शल्यक्रिया गर्ने नगर प्रमुखको निजि सचिवालयले जनाएको छ ।