खेलकुद

गौरिका स्वर्णमा चुकेसँगै नेपालको स्वर्ण संख्या यति पुग्यो

काठमाडौं  । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत  आज भएको पौडी खेलमा नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी छिन् । पौडीबाज सिंहले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । 

जहाँ भारतकी मन्ना राजिव पटेलले निर्धारित दुरी १ मिनेट ०२.३५ सेकेण्ड समयमा पुरा गर्दै स्वर्ण जितिन् ।आजका विभिन्न खेलहरूमध्ये  स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी सिंहले रजत पदकमा चित्त बुझाउनुपरेसँगै नेपालको स्वर्ण पदक संख्या ४३ मा सिमित भएको थियो ।

नेपालले ३० रजत र ५८ कास्य सहित पदक संख्या १३१ पुर्याउँदा भारत ९६ स्वर्ण, ६८ रजत र ३४ कास्य सहित १९८ पदक संख्या सहित अंकतालिकाको अग्रस्थानमा रहेको छ ।