खेलकुद

कुस्तीमा नेपालकी संगीताले दिलाइन ऐतिहासिक स्वर्ण

Sangita-dhami-kusti

धनुषा । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।

आज(शनिबार) ५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन्। सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

यसअघि हिजो(शुक्रबार) नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो ।