राजनीति

अन्तरघातीलाई कारबाहीको दायरा नल्याएसम्म काँग्रेसले चुनाव जित्न सक्दैन- सभापति देउवा

भैरहवा ।  नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । अन्तरघातीलाई कारबाहीको दायरा नल्याएसम्म  पार्टीले चुनाव जित्न नसक्ने उनको भनाइ छ ।

कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन्।

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको बताउँदै देउवाले भने- “पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उम्मेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाई गर्ने’ यस्ता कार्यकर्तालाई कारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’ 

हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताए। कांग्रेस सिद्धार्थनगर नगर समितिले नगरका पाँचजना अपांगलाई ह्विल चेयर र ४४ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरेको थियो।